This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Saturday, May 21, 2011

सेरोफेरो

पत्रकार भन्दै प्रहरी धम्क्याउने पक्राउ
आफुलाई पत्रकार भन्दै मध्यरातमा प्रहरीलाई झुठो सूचना दिने एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । गलत सूचना दिएर प्रहरीलाई धम्क्याउने मेचीनगर-११ की लक्ष्मी मगरलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिएको हो । मगरले हिजो राति १० बजेतिर कार्यालयको डिउटी अधिकृतको टेलिफोनमा फोन गरेर प्रहरी सहायक निरीक्षक अम्बरबहादुर लिम्बुलाई गाली गरेकी थिइन् । उनले मेचीनगर १ को पालियापुलबाट उल्लेख्य परिमाणमा गाँजा तस्करी भइरहेको बताएपनि प्रहरी पुग्दा केही नभएको प्रहरीले जनाएको छ । मगरलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइने भएको छ ।

Friday, May 20, 2011

च्याउखेतीबाट मनग्ये कमाइ

मोरङ्गको उर्लावारीस्थित मंगवारेका एक युवाले व्यावसायिक च्याउ खेती गरेर राम्रो आम्दानी गर्दै आएका छन ।
उर्लावारी ६ मंगवारेका ३० वर्षीय उदयचन्द्र श्रेष्ठले व्यावसायिक रुपमा च्याउ खेती गरेर राम्रो आम्दानी गर्दै आएका हुन् । श्रेष्ठले २०६१ सालवाट १० हजार रुपैयाँ लगानी गरेर घर भाडामा लिएर यो पेशा शुरु गरेका थिए । श्रेष्ठले यहि पेशावाट राम्रो आम्दानी हुने देखेर २०६४ सालमा २ लाख ५० हजार ऋण लिएर यो व्यावसायको विस्तार गरे । अहिले श्रेष्ठले आफ्नै १० वटा टहराहरु निर्माण गरेर व्यावसाय संञ्चालन गर्दै आएका छन् । आफुले उत्पादन गरेको च्याउ झापा, मोरङ्ग जिल्ला लगायत पूर्वाञ्चलका विभिन्न बजारमा विक्री हुँदै आएको श्रेष्ठ बताउँछन् ।

सरस्वती माविका पूर्व विद्यार्थीद्वारा हाजिरी जवाफ

सरस्वती पूर्व विद्यार्थी समाज दमकले आज एक दिने अन्तर माध्यमिक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
झापाको दमक १४ स्थित सरस्वती उच्चमाध्यामिक विद्यालयको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा दमक नगरपालिका भरिका १३ वटा सामुदायिक तथा निजी बिद्यालयहरुको सहभागिता रहेको थियो । नगर भरिका विद्यालयहरुका बीचको सम्वन्धलाई प्रगाढ बनाउने र विद्यार्थीहरुका प्रतिभालाई उजागर गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएका छन् । आज भएको प्रतियोगितामा सरस्वती उच्च मा.वि. ले ५५ अंकका साथ प्रथम, व्राइटर स्टार सेकेण्डरी स्कुलले ४५ अंक ल्याएर दोस्रो त्यसैगरि हिमालय उच्च माबि ले ४० अंक ल्याएर तृतिय स्थान प्राप्त गरेको थियो ।

ट्वान्टी ट्वान्टी लिग क्रिकेट/ बर्षाका कारण स्थगित

दमकमा जारी अन्तरकलेज ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता वर्षाका कारण स्थगीत भएको छ ।
शुक्रबार हुने भनिएको गौरादह बहुमुखी क्याम्पस र मनकामना क्याम्पस विर्तामोड बिचको खेल बर्षाले पिच भिजेका कारण स्थगित भएको हो । स्थगित भएको खेल आगामी ९ गते हुने खेल संयोजक युवराज काफ्लेले जानकारी दिनुभयो । प्रतियोगिता अर्न्तगत भोलि २ खेलहरु हुँदैछन । भोलिको पहिलो खेल दमक बहुमुखी क्याम्पस ए र पथरी बहुमुखी क्याम्पसबीच विहान ७ वजेदेखि हुनेछ । त्यस्तै दोस्रो खेल कन्काइ क्याम्पस विर्तामोड र दमक बहुमुखी क्याम्पस वि विच अपरान्ह १२ बजेदेखि हुनेछ ।

गोलधापमा अनिश्चितकालीन आन्दोलन

झापाको गोलधापस्थित शिविरका शरणार्थीलाई शिविर बाहिर आवतजावत गर्न आज पनि स्थानीयवासीले रोक लगाएका छन् ।
बिभिन्न छवटा माग राखी अनिश्चितकालीन आन्दोलनमा उत्रिएका उनीहरुले दातृ निकायका गाडीसमेत चल्न दिएका छैनन् ।
शरणार्थी प्रभावित क्षेत्र गरामुनी गाबिसका बासिन्दा हिजोबाट चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । आज बिहानैदेखि शिविरका शरणार्थीलाई बाहिरभित्र गर्न रोक लगाइएको बताउँदै संर्घष समितिका संयोजक शान्ता उप्रेतीले भनिन, 'तेस्रोदेश जाने तयारीमा रहेका र त्यही प्रकृयामा दमक पुग्नेलाई भने हिंडेर शिविर बाहिर जान दियौं।' शरणार्थीलाई सहयोग गर्दै आएका दातानिकायका गाडीलाई शिविर प्रवेशमा रोक लगाइएको उनले बताएकी छिन् ।